७ माघ २०८२ बुधबार
image/svg+xml
खेल

नेपालले मलेसियालाई हरायो

मलेसियासँगको पाँच खेलको द्विपक्षीय टि–२० क्रिकेट श्रृंखलाको चौथो खेलमा नेपालले मलेसियालाई पराजित गरेको छ।

मगंलबार बायुमस क्रिकेट ओभल रंगशालामा भएको खेलमा मलेसियालाई ६ विकेटले पराजित गर्दै नेपालले जित हासिल गर्यो। यो सँगै ५ खेलको सिरिज २-२ को बाराबरीमा आएको छ। मलेसियाले दिएको ११२ रनको लक्ष्य नेपालले ४ विकेट गुमाए पूरा गर्यो।

नेपालकी कप्तान इन्दू बर्माले नेपालकी लागि सर्वाधिक ४८ रन बनाइन्। ३९ बलको सामना गरेकी उनले ६ चौका प्रहार गर्दै  नटआउट रहिन्। त्यस्तै, नेपालकी रुविना श्रेत्री २३ बलमा २३ रन बनाउँदै नटआउट रहिन्। नेपालकी ओपनर सम्झना खड्गाले ११ रन बनाउँदा पूजा महतोले ७ रन बनाइन्।

मलेसियाको लागि आइन्ना हमिहाज हसिमले एक विकेट लिइन्।

त्यसअघि टस जितेर पहिला ब्याटिङ  गरेको मलेसियाले २० ओभरमा ५ विकेट गुमाएर १११ रन बनायो। मलेसियाको लागि मास एलिसा ५६ रन बनाउँदै अविजित रहिन्। 

नेपालको लागि कविता कुँवरले ३ विकेट लिइन्।

प्रकाशित: २१ आश्विन २०८२ ११:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App