१२ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
खेल

पहिलो खेलमा नेपाल पराजित

एएफसी यु–२३ एसियन कप छनोट प्रतियोगिताअन्तर्गतको पहिलो खेलमा नेपाल पराजित भएको छ। ताजकिस्तानको दुसान्बेस्थित पामिर रङ्गशालामा गए राति भएको समूह ‘के’ को पहिलो खेलमा ताजकिस्तानसँग नेपाल ४–० गोलले पराजित भएको हो। 

ताजकिस्तानका लागि अजिजबोएभ मुहम्मादालीले दुई तथा रहमात्सोह रमात्जोदा र देलर सारिपोभले समान एक एक गोल गरेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। आगामी शनिबार अर्को खेल नेपाल र सिरियाबिच हुनेछ। बुधबारको खेलमा सिरियाले फिलिपिन्सलाई २–१ गोल अन्तरले पाखा लगाएको थियो।

प्रकाशित: १९ भाद्र २०८२ ०६:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App