१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
खेल

होर्बट हरिकेन्सविरुद्ध नेपालको सय रन पूरा

अष्ट्रेलियामा जारी टप एण्ड टी-२० सिरिज अन्तर्गत जारी खेलमा नेपालले होर्बट हेरिकेन्सविरुद्ध सय रन पूरा गरेको छ।

मगंलबार डर्विनको काजालिस ऐरेनमा भइरहेको खेलमा नेपालले ११।५ ओभरमा तिन विकेट गुमाउँदै सय रन पूरा गरेको हो। टस जितेर ब्याटिङ  रोजेको नेपालले पहिलो विकेटको रूपमा  कुशल भुर्तेल लाई गुमाएको थियो।

२० रन सामान गरेका भुर्तेल ४ चौका प्रहार गर्दै २७ रन बनाएर आउट हुन पुगे। त्यस्तै, नेपालका अर्का ओपनर अशिफ शेख २९ रन बनाउँदै पेभिलियन फर्किए।

अशिफले २८ बलमा दुई चौका प्रहार गरे।त्यस्तै भिम सार्की १८ रन बनाएर आउट भए।

क्रिजमा कप्तान रोहित पौडेल ८ रन र आरिफ शेख २ रन बनाएर खेलिरहेका छन्।

नेपाल आज पहिलो जितको खोजीमा छ। यसअघि खेलेको तीनै वटा खेलमा नेपालले पराजय भोगेको थियो ।

प्रकाशित: ३ भाद्र २०८२ १२:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App