२४ वैशाख २०८३ बिहीबार
image/svg+xml
खेल

नेपाल ‘ए’ ले स्कटल्यान्डलाई हरायो

नेपाल ‘ए’ टोलीले स्कटल्यान्ड टोलीलाई ४५ रनले पराजित गरेको छ।  

बिहीबार मूलपानी माथिल्लो क्रिकेट मैदनानमा भएको अभ्यास खेलमा नेपालले दिएको २७८ रनको लक्ष्य पछाएको स्कटल्यान्डले ४८. २ ओभरमा २३२ रन बनाउँदै अलआउट भयो।

स्कटल्यान्डको लागि फिनले सर्वाधिक ५२ रन बनाए। उनले ७३ बलको सामना गरेका थिए। त्यस्तै, स्कटल्यानडका ज्याक जारभिसले ४५ रन बनाए। नेपाल ‘ए’ को लागि रसिद खानले ३ विकेट लिदा शाहाब आलम , युवराज खत्री र बसिर अहम्मदले समान २- २ विकेट लिए।  

त्यसअघि पहिला ब्याटिङ गरेको नेपाल ‘ए’ ले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २७७ रन बनाएको थियो। नेपालको लागि देव खनालले सर्वाधिक ६३ रन बनाउँदा मयन यादवले ४५ रन बनाए  

नेपालले शुक्रबार अमेरिकासँग खेल्नेछ ।

प्रकाशित: २४ वैशाख २०८३ १८:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App