६ फाल्गुन २०८२ बुधबार
image/svg+xml
खेल

भारतमा नेपाल ‘ए’ पराजित

नेपाल ‘ए’ आसामसँगको पहिलो अभ्यास खेलमा पराजित भएको छ। 

बर्षाले प्रभावित खेलमा नेपाल डकवर्थ लेविसका आधारमा १५ रनले पराजित भएको हो। आसामले दिएको १९१ रनको लक्ष्य पछ्याइरहेको नेपालले वर्षाअघि ८ ओभरमा ३ विकेट गुमाउँदै मात्र ६४ रन बनाएको थियो ।  

बिहीबार गुवाहटीमा टस हारेर ब्याटिङको निम्तो पाएको आसामले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १९० रन बनायो। आसामका लागि सुमितले ३४ र अभिनव चौधरीले २६ रन बनाए।  

नेपालका लागि आकाश चन्दले ३ विकेट लिँदा सागर ढकाल र विवेककुमार यादवले समान २ विकेट झारे । आदिल अन्सारीको नाममा एक विकेट रह्यो ।  

नेपाल ‘ए’ले आसामसँग अझै ४ वटा अभ्यास खेल खेल्न छ।

यो पनि पढ्नुहोस्

नेपाली राष्ट्रिय टिमको अस्ट्रेलिया भ्रमणः एकै दिन दुई अभ्यास खेलमा पराजित

प्रकाशित: १२ भाद्र २०८२ १६:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App