५ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
खेल

आजदेखि राष्ट्रिय लिग : आज दुई खेल

राष्ट्रिय फुटबल लिग आजबाट सुरु हुँदैछ। अखिल नेपाल फुटबल संघको आयोजनामा हुन लागेको उक्त लिगमा कुल १७ टोलीले प्रतिस्पर्धा गर्छन्। आज दुई खेलहरु हुँदैछन्।

पहिलो खेल काँक्रेविहार युथ क्लब र ललितपुरको फ्रेण्ड्स क्लबबीच प्रतिस्पर्धा हुँदैछ। खेल बिहान ११ बजेदेखि सुरु भएको छ। 

त्यस्तै, आज हुने दोस्रो खेल दिउँसो ३ बजे हुने उक्त खेलमा श्री भगवती र चर्च ब्वाइज क्लबबीच हुनेछ। दुवै खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने छ।

राष्ट्रिय लिगको विजेताले ५० लाख पुरस्कार प्राप्त गर्नेछ।

प्रकाशित: ३० पुस २०८२ १२:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App