२९ असार २०८३ सोमबार
image/svg+xml
खेल

नेदरल्याण्ड्सलाई पेनाल्टी सुटआउटमा हराउँदै मोरक्को अन्तिम १६ मा प्रवेश

फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार भएको खेलमा पेनाल्टी सुटआउटमा मोरक्कोले नेदरल्याण्ड्सलाई हराउँदै अन्तिम १६ मा प्रवेश गरेको छ।

मोन्टेरी रंगशाला सम्पन्न खेलको पेनाल्टी सुटआउटमा नेदरल्याण्ड्सविरुद्ध मोरक्कोले ३-२ गोल अन्तरले जितेको हो।

इसा डियोप, यासिन बुनु र इस्माइल साइबारी चम्किएपछि मोरक्को पेनाल्टी सुटआउटमा विजयी भएको हो।

सुरुवाती अग्रता लिएको नेदरल्याण्ड्सविरुद्ध अन्तिम समयमा गोल फर्काएर मोरक्कोले खेललाई बराबरीमा ल्याएको थियो। खेलमा ९०+१ मिन्टमा इस्सा डिओपले नेदरल्याण्ड्सविरुद्ध गोल फर्काएका थिए।

त्यसअघि, ३२ को राउन्डको यो खेलको ७२औं मिनेटमा कोडी ग्याकपोले गोल गर्दै मोरक्कोविरुद्ध नेदरल्याण्ड्सलाई अग्रता दिलाएका थिए। खेल अतिरिक्त समय थपिएको थियो। उक्त समयमा पनि दुवै टोलीका तर्फबाट कुनै थप गोल हुन नसकेपछि पेनाल्टी सुटआउटको व्यवस्था गरिएको थियो।

प्रकाशित: १६ असार २०८३ ०९:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App