२९ असार २०८३ सोमबार
image/svg+xml
खेल

मेस्सीको कीर्तिमानी गोल, अर्जेन्टिना नकआउट चरण प्रवेश

लियोनल मेस्सीको कीर्तिमानी गोलमा अर्जेन्टिनाले जित हात पारेको छ। अष्ट्रियासँगको खेलमा अर्जेन्टिना २-० ले विजयी भएको हो।

अर्जेन्टिनाको जितमा दुवै गोल कप्तान लियोनल मेसीले गरे। उनले खेलको ३८ औं मिनेटमा पहिलो गोल गरेका हुन्। उक्त गोलसँगै मेसीले फिफा विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडीको नयाँ कीर्तिमान बनाए।

खेल सकिनै लाग्दा इन्जुरी समयमा मेसीले व्यक्तिगत तथा टोलीका लागि दोस्रो गोल गर्दै टोलीलाई २–० को जित दिलाए।

प्रकाशित: ९ असार २०८३ ००:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App