१९ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
खेल

राष्ट्रिय टोलीमा मेसीको पुनरागमन, विश्वकप छनोट खेल्ने

फाइल तस्बिर

अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सी राष्ट्रिय टोलीमा फर्किएका छन्।

मांसपेसीमा लागेको चोटका कारण केही समय मैदान बाहिर रहेका मेसी भेनेजुएला र इक्वेडरविरुद्धको खेलका लागि राष्ट्रिय टोलीमा फर्किएका हुन्। यी दुई खेल विश्वकप छनोटमा अर्जेन्टिनाका लागि अन्तिम खेल हुन्। यद्यपि विश्वविजेता अर्जेन्टिनाले सन् २०२६ को विश्वकपका लागि यसअघि नै स्थान पक्का गरिसकेको छ।

भेनेजुएला र इक्वेडरविरुद्धको खेलका लागि प्रशिक्षक लियोनल स्कालोनीले ३१ खेलाडीको नाम सार्वजनिक गरेका छन्।

प्रकाशित: ३ भाद्र २०८२ १३:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App