२७ फाल्गुन २०८२ बुधबार
image/svg+xml
खेल

विवाद बढेपछि एन्फा र 'ए' डिभिजन क्लबबीचको बैठक स्थगित

अखिल नेपाल फुटबल संघ (एन्फा) र 'ए' डिभिजन फुटबल क्लबबीचको बैठक स्थगित भएको छ। आज दिउँसोको लागि तय भएको बैठक स्थगित गरेको छ। 

होम-एन्ड-अवेको आधारमा पुस ९ गतेदेखि हुने भनिएको लिगसम्बन्धमा छलफल गर्न एन्फाले आइतबार दिउँसो २ बजेका लागि बैठक बोलाएको थियो। होम एण्ड अवेका आधारमा खेल हुने भनिए पनि अहिलेसम्म आफ्नो हाम र अवे मैदानबारे एन्फाले जानकारी नदिएको भन्दै क्लबहरुले आपत्ति जनाउँदै आएका छन्। 

एन्फाले सबै क्लबलाई अलपत्र छाडेको उनीहरुको आरोप छ। क्लब समर्थकहरुले एन्फा कम्प्लेक्सको गेटमा विरोध प्रदर्शन जारी राखेपछि एन्फाले बैठक स्थगित गरेको हो। प्रदर्शनका कारण सुरक्षाकर्मी तैनाथ गरिएको छ। यद्यपि एन्फाले भने क्लबहरूले दिएको सुझाव र मागहरूका विषयमा तयारी गर्नुपर्ने कारण देखाउँदै बैठक स्थगित भएको जानकारी दिएको हो। 

ए डिभिजन खेल्ने १४ मध्ये ९ वटा क्लबले सर्त सहित लिग खेल्न तयार रहेको जनाएका छन्। लिग सञ्चालनका लागि विभिन्न ११ बुँदे सुझाव दिँदै उनीहरुले एएफसी क्लब लाइसेन्स सुनिश्चित गर्न माग पनि गरेका छन्।
 

प्रकाशित: २६ आश्विन २०८२ १२:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App