२० असार २०८३ शनिबार
image/svg+xml
खेल

एमबाप्पे विरुद्ध हालान्ड : मैदानमा कसको प्रभाव बढी ?

विश्व फुटबलका दुई महान फरवार्डहरू बोस्टन स्टेडियममा आमनेसामने हुनेछन्। शनिबार राती १२ः ४५ बजे किलियन एमबाप्पेको फ्रान्सले एर्लिङ हालान्डको नर्वेसँग प्रतिस्पर्धा गर्दैछ।

दुवै राष्ट्रले विश्वकपमा समूह चरणका सुरुवाती दुई खेल जितेर नकआउट चरणमा प्रवेश गरिसकेका छन्।

एमबाप्पे र हालान्डले आफ्ना सुरुवाती दुवै खेलमा दुई–दुई गोल गर्दै चार गोल बनाएका छन्। उनीहरूले गोल्डेन बुटको दौडमा पाँच गोल बनाएका लियोनेल मेस्सीलाई पछ्याइरहेका छन्।

उनीहरुले समूह आई बाट नकआउट चरणको लागि छनोट सुनिश्चित गरिसकेपनि शिर्ष स्थानको होड रहनेछ।

एमबाप्पे र हालान्ड कति महत्त्वपूर्ण छन्?

अन्तर्राष्ट्रिय मञ्चमा एमबाप्पे र हालान्डको महत्त्व अझ बढेको छ। अगस्ट २०२२ देखि फ्रान्सले एमबाप्पे टोलीमा रहँदा ६९.८ प्रतिशत खेल जितेको छ। जबकि उनी बिना टोलीले मात्र ५० प्रतिशत खेल जितेको छ। 

फ्रान्सका सर्वकालीन सर्वाधिक गोलकर्ता एम्बाप्पेले आक्रमणमा टोलीलाई अझ सशक्त बनाउन मद्दत गर्ने गरेका छन्।

नर्वेको लागि हालान्ड अझ महत्त्वपूर्ण खेलाडी हुन्। अगस्ट २०२२ देखि नर्वेले हालान्डसहित ६४.५ प्रतिशत खेल जितेको छ। जबकि उनी बिनाको खेल मात्र ३३.३ प्रतिशत मात्र जितेको छ।

१६ विश्वकप खेलमा १६ गोल गरेका एमबाप्पे मेस्सी भन्दा केवल दुई गोलले पछि छन्। एमबाप्पे मेस्सीभन्दा १२ वर्ष कान्छा छन्। उनले मेस्सीको धेरै गोलको किर्मानी तोड्ने अपेक्षा गरिएको छ।

हालान्ड आफ्नो पहिलो विश्वकप खेलिरहेका छन्। उनी विश्वकप इतिहासमा प्रतियोगिताको आफ्नो पहिलो दुई खेलमा धेरै गोल गर्ने छैटौं खेलाडी हुन्।

नर्वेको लागि उनको हालैको फर्म पनि उल्लेखनीय छ। उनले लगातार १२ प्रतिस्पर्धी अन्तर्राष्ट्रिय खेलहरूमा गोल गरेका छन्। जसमा उनका पछिल्ला छ खेलहरूमा अविश्वसनीय १६ गोलहरू समावेश छन्।

अन्तर्राष्ट्रिय मञ्चमा हालान्ड सबैभन्दा बढी गोलकर्ता पनि हुन्। एमबाप्पेको १०० खेलमा प्रभावशाली ६० अन्तर्राष्ट्रिय गोल छ। तर नर्वेली स्ट्राइकरले आफ्नो देशको लागि केवल ५२ खेलमा ५९ गोल गरेका छन्।

अगस्ट २०२२ देखि एमबाप्पे फ्रान्सको ४४ प्रतिशत गोल गरेका छन्। जसमा उनले ३३ गोल र १७ असिस्ट योगदान गरेका छन्।  

सोही अवधिमा हालान्डले ३९ गोल र चार असिस्ट योगदान गरेका छन्। जुन नर्वेको गोल संलग्नताको ४३.९ प्रतिशत हो।

प्रकाशित: १२ असार २०८३ १४:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App