नेपाल प्रिमियर लिग(एनपिएल) अन्तर्गत जारी खेलमा विराटनगर किंग्सका ब्याटर मार्टिन गप्टिलले आक्रामक अर्धशतक प्रहार गरेका छन्। पोखरा एभेन्जर्ससँगको खेलमा न्युजिल्यान्डका स्टार ब्याटर गप्टिलले अर्धशतक प्रहार गरेका हुन्।
गप्टिलले २८ बलमा तीन चौका र चार छक्काको मद्दतले अर्धशतक पूरा गरेका हुन्। गप्टिलको यो अर्धशतको मद्दतमा विराटनगर किंग्स स्कोर जोड्नतर्फ अग्रसर देखिएको छ।
प्रकाशित: २ मंसिर २०८२ १७:०० मंगलबार





