२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
खेल

मार्सल आर्ट्स टोली बाकु जाँदै

विश्व बुदो मार्सल आर्ट्स च्याम्पियनसिपमा सहभागी हुन सात खेलाडीसहित १३ सदस्यीय नेपाली टोली बिहीबार अजरबैजानको बाकु जाने भएको छ।

साउन ८ देखि १२ गतेसम्म हुने प्रतियोगितामा पाँच पुरुष र दुई महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन्। पुरुष ७० केजीमा रोचक भट्टराई, ७५ केजीमा विनोद महर्जन, ८५ केजीमा सुदर्शन खतिवडा, ८० केजीमा सागर विष्ट र ६५ केजीमा रमेश खड्गीले प्रतिस्पर्धा गर्नेछन्।

महिला ४२ केजीमा पूजा खड्का तथा ५५ केजीमा बबिता कार्कीले खेल्नेछन्। प्रशिक्षकमा नेपाल बुदोकैदो फुल कन्ट्याक्ट संघका अध्यक्ष वीरकृष्ण महर्जन, व्यवस्थापकमा रजिम शाही, अफिसियलमा सन्देश महर्जन र कुमारध्वज लामा तथा निर्णायकमा करुणा राउत क्षेत्री र राजीव श्रेष्ठ रहेका छन्।  

प्रकाशित: ८ श्रावण २०८२ ०८:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App