२९ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
निर्वाचन विशेष

मोरङका ६ वटै क्षेत्रमा रास्वपा अगाडि

मोरङका ६ वटै निर्वाचन क्षेत्रमा रास्वापका उम्मेदवार अगाडि देखिएका छन्। मोरङ क्षेत्र नं ३ बाहेक अन्य क्षेत्रमा रास्वपा उम्मेदवारको मतान्तर प्रतिष्पर्धी उम्मेदवारको भन्दा फराकिलो बनाउँदै गएका छन्।

मोरङ क्षेत्र नं १ मा रास्वपाका यज्ञमणि न्यौपाने ४ हजार १ सय २५ मतसहित अग्र स्थानमा छन्। श्रम संस्कृति पार्टीकी शान्ति पाख्रीन २ हजार ८ सय १७ मतसहित दोस्रो, नेपाली कांग्रेसका खड्ग फागोले १ हजार ८ सय ३३ र एमालेका घनश्याम खतिवडाको १ हजार ४ सय ९८ मत छ।  

मोरङ क्षेत्र नं २ मा रास्वपाका कृष्ण कार्कीको २ हजार ७ सय ९, नेकपा एमालेका  दिलिपकुमार अग्रवालको ९ सय ६, नेपाली कांग्रेसका डा मिनेन्द्र रिजालको ७ सय ५६ मत रहेको छ।  

मोरङ क्षेत्र नं ३ मा रास्वपाका गणेश कार्की १ हजार ६ सय ५२ मतसहित अगाडि छन्। यस्तै नेपाली कांग्रेसका सुनिलकुमार शर्माले १ हजार ४ सय ८२ मत प्राप्त गरेका छन्। श्रम संस्कृति पार्टीका अमिर मगरले १ हजार १ सय ८६ मत प्राप्त गरेका छन्। एमालेका इरान राईले ४ सय २६ मत प्राप्त गरेका छन्।  

यस्तै क्षेत्र नं ४ मा रास्वपाका सन्तोष राजवंशी ११ हजार ५ सय ६४ मत प्राप्त गर्दै पहिलो स्थानमा छन्। यस्तै नेपाली कांग्रेसका उम्मेदवार गुरुराज घिमिरे २ हजार ६ सय ४८ मतसहित दोस्रो स्थानमा छन्। नेकपा माओवादी केन्द्रका अमनलाल मोदी २ हजार ४ सय २८ मतसहित तेस्रो स्थानमा छन्। एमालेका जीवन घिमिरे चौथो स्थानमा छन्। उनले १ हजार ९ सय ५३ मत प्राप्त गरेका छन्।  

मोरङ क्षेत्र नं ५ मा रास्वपाकी आशा झा ५ हजार १ सय ५ मतसहित अगाडि छिन्। यस्तै जसपा नेपालका राजकुमार यादव २ हजार ३ सय ५८ मत सहित दोस्रो, नेकपामा शिवकुमार मण्डल १ हजार ८ सय ७३ मतसहित तेस्रो र नेपाली कांग्रेसका फुलकुमार लालबानी १ हजार ४ सय ९७ मतसहित चौथो स्थानमा छन्।  

मोरङ क्षेत्र नं ६ मा रास्वपाकै उम्मेदवार रुविना अचार्यको अग्रता कायमै रहेको छ।  आचार्यले ६ हजार २ सय ३६ मतले अग्रता लिएकी हुन्। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले १ हजार ३ सय १२ मत प्राप्त गरेका छन्। नेकपा एमालेका उम्मेदवार विनोद ढकालले १ हजार २ सय २३ मत प्राप्त गरेका छन्। हाल सम्म ११ हजार १३ मत गणना भइसकेको छ। उक्त मत गणना हुँदा ६ सय ९८ मत बदर भएको मोरङ क्षेत्र नं ६ को निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। 

प्रकाशित: २२ फाल्गुन २०८२ १६:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App