२४ फाल्गुन २०८२ आइतबार
image/svg+xml
खेल

लोकेश, आरिफ, नन्दन र शेरको विश्वकपमा डेब्यू, यस्तो छ नेपालको प्लेइङ–११

तेस्रो पटक आइसिसी टी–२० विश्वकप क्रिकेट खेल्न गइरहेको नेपालले आज इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ । मुम्बईस्थित वानखेडे मैदानमा हुने नेपालको पहिलो खेलमा इंग्ल्यान्डले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।  

जसअनुसार नेपाल पहिले फिल्डिङ गर्ने भएको छ ।  

यस्तै नेपालले पहिलो खेलमा प्लेइङ–११ पनि सार्वजनिक गरेको छ । जसमा रोहितकुमार पौडेल (कप्तान), दिपेन्द्रसिँह ऐरी (उपकप्तान ), कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख, लोकेश बम, गुल्शन झा, करण केसी, शेर मल्ल, नन्दन यादव र सन्दीप लामिछानेले मौका पाएका छन् ।  

जसमा लोकेश, आरिफ, शेर र नन्दन यादवले विश्वकपमा पहिलो पटक(डेब्यू) खेल्दैछन् । शेर मल्लको औपचारिक अन्तर्राष्ट्रिय क्रिकेटमै पहिलो खेल पनि भएको छ ।  

प्रकाशित: २५ माघ २०८२ १५:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App