२९ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
खेल

लिग-टूः नेपाल अमेरिकासँग पराजित, हरमितले लिए छ विकेट

फाइल तस्बिर

आइसिसी पुरुष क्रिकेट विश्वकप लिग-टू क्रिकेटअन्तर्गत पाँचौ सिरिजको आफ्नो पहिलो खेलमा नेपाल पराजित भएको छ। युएईमा भएको खेलमा नेपाल अमेरिकासँग १०६ रनले पराजित भएको हो।  

योसँगै नेपालको १७ खेलमाबाट १२ अंकमात्र छ। जितपछि अमेरिका भने ३० अंकमा तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।  स्कटल्यान्डसँग अंक बराबरी भएपनि रनरेटमा पछि पार्दै अमेरिका शीर्ष स्थानमा पुगेको हो।  

युएईमा अमेरिकाले दिएको २६३ रनको लक्ष्य पछ्याएको नेपाल ३९.१ ओभरमा १५६ रनमा अलआउट भयो। 

नेपालका लागि आरिफ शेख ३७, भीम सार्की २९, आरिफ शेखले २० र सोमपाल कामीले ११ रन बनाए। रोहित पौडेल, गुल्शन झा, करण केसी, सन्दीप लामिछाने र कुशल भुर्तेलले दोहोरो अंकको स्कोर गर्न सकेनन्। दीपेन्द्र सिंह ऐरीले ४० रन बनाए। 

नेपाललाई सस्तैमा अलआउट गर्नेक्रममा हरमित सिंहले ६ विकेट लिए । शुभम रन्जानेले २ र रुशिल उगरकरले एक विकेट लिए ।  

यसअघि पहिला ब्याटिङ गरेको अमेरिकाले निर्धारित ओभरमा ६ विकेट गुमाएर २६२ रनको सम्मानजनक योगफल तयार पारेको थियो । अमेरिकाका लागि समित पटेलले ७५, मिलिन्द कुमारले ७० र सैतेजा मुक्कामुल्लाले ४२ रन बनाएका थिए ।  

सन्दीप लामिछानेले २ तथा सोमपाल कामी, आरिफ शेख र दीपेन्द्र सिंह ऐरीले समान एक विकेट लिए ।  

नेपालले अब सिरिजको आफ्नो दोस्रो खेलमा बिहीबार युएईसँग प्रतिस्पर्धा गर्नेछ । युएई भ्रमणका क्रममा नेपालले अब तीन खेल खेल्न बाँकी छ । युएईको १६ खेलबाट मात्र ६ अंक छ। 

प्रकाशित: ९ कार्तिक २०८२ १८:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App