१६ श्रावण २०८३ शनिबार
image/svg+xml
खेल

लिग-२: आसिफ शेख १४ रनमा आउट, ६ ओभरमा नेपाल २५/१

आइसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले पहिलो झट्का व्यहोरेको छ।

राम्रो सुरुवात गर्ने क्रममा रहेका ओपनर आसिफ शेख कुल २५ रनको योगफलमा आउट भएका छन्।

छैटौँ ओभरको पाँचौँ बलमा रोयको बलमा क्रोसद्वारा क्याच आउट हुनुअघि आसिफले १७ बलमा २ चौकाको मद्दतमा १४ रन बनाए। ६ ओभरको समाप्तिमा नेपालले १ विकेट गुमाएर २५ रन जोडेको छ।

हाल क्रिजमा कुशल भुर्तेल १९ बलमा ९ रन बनाएर खेलिरहेका छन् भने नयाँ ब्याटरका रूपमा ईशान पाण्डे क्रिजमा आएका छन्।

प्रकाशित: ७ श्रावण २०८३ १५:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App