२१ श्रावण २०८३ बिहीबार
image/svg+xml
खेल

शनिबारदेखि भक्तपुरमा वकिलहरूको फुटसल प्रतियोगिता हुने

भक्तपुर बार एसोसिएसनको आयोजनामा वकिलहरूबीचको फुटसल प्रतियोगिता शनिबार भक्तपुरको बालकोटस्थित भ्याली फुटसलमा सुरु हुँदैछ।

प्रतियोगिताको उद्घाटन नेपाल बार एसोसिएसनका अध्यक्ष विजयप्रसाद मिश्रले गर्नेछन् भने उद्घाटन समारोहमा भक्तपुर जिल्ला अदालतका मुख्य न्यायाधीश नवराज दाहाल विशिष्ट अतिथिका रूपमा सहभागी हुनेछन्।

प्रतियोगिताको उद्घाटन खेलमा भक्तपुर बार ‘ए’ र इजी लिगल सर्भिस बीच प्रतिस्पर्धा हुनेछ।

आयोजकका अनुसार प्रतियोगितामा विभिन्न कानुनी संस्था तथा कानुन व्यवसायीहरूको प्रतिनिधित्व गर्दै १४ टोली सहभागी हुनेछन्। कानुन व्यवसायीबीच आपसी सम्बन्ध, सहकार्य र खेलकुद संस्कृतिको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको एसोसिएसनले जनाएको छ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टोलीलाई नगदसहित पुरस्कार प्रदान गरिनेछ। विजेता टोलीले २० हजार रुपैयाँ, उपविजेताले १० हजार रुपैयाँ तथा तृतीय हुने टोलीले ५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।

प्रकाशित: ८ श्रावण २०८३ १८:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App