टी-२० विश्वकप एसिया छनोट सुपर सिक्स अन्तर्गत ओमानविरुद्ध नेपालको ब्याटिङ लाइनअप धराशायी बनेको छ। राम्रो सुरुवात गरेको नेपालले चौथो विकेटको रुपमा कुशल मल्ललाई गुमाएको हो।
नेपालले ११.४ ओभरमा ८१ रन बनाउँदा कुशल मल्ल चौथो विकेटको रुपमा पभेलियन फर्किएका हुन्। उनी ९ बलमा ७ रन बनाएर आउट भए।
उत्कृष्ट सुरुवात गरेको नेपालले ६१ रनमा पहिलो विकेट गुमाएको थियो।
आसिफ शेख (२४), कप्तान रोहित पौडेल (१) र दीपेन्द्रसिंह ऐरी (२) सस्तैमा आउट भएपछि नेपाल संकटमा परेको हो।
लगातार विकेट गुमाउँदा नेपाल ठूलो स्कोर बनाउने अवसरबाट चुकिरहेको छ।
प्रकाशित: २९ आश्विन २०८२ २१:३८ बुधबार





