टी-२० विश्वकप एसिया छनोट सुपर सिक्स अन्तर्गत ओमानविरुद्ध उत्कृष्ट ब्याटिङ गरिरहेका कुशल भुर्तेल आउट भएका छन्।
नेपालको इनिङ्सलाई एक्लैले सम्हालेका भुर्तेल ६९ रनको महत्वपूर्ण पारी खेल्दै पभेलियन फर्किएपछि नेपाललाई ठूलो झट्का लागेको छ।
नेपालले १८ ओभरमा १२७ रन बनाउँदा छैटौँ विकेट गुमाएको हो। भुर्तेलले ५१ बलको सामना गर्दै ७ चौका र १ छक्का प्रहार गरे।
एक छेउबाट लगातार विकेट पतन भइरहँदा भुर्तेलले धैर्यतापूर्वक ब्याटिङ गर्दै नेपाललाई सम्मानजनक स्कोरतर्फ डोर्याइरहेका थिए। उनको बहिर्गमनसँगै नेपाल अन्तिम ओभरमा ठूलो स्कोर बनाउनबाट चुक्ने खतरा बढेको छ।
उनको स्थानमा अब लोकेश बम ब्याटिङका लागि आएका छन्। उनलाई अर्को छेउमा गुलशन झाले साथ दिनेछन्।
प्रकाशित: २९ आश्विन २०८२ २२:११ बुधबार





