१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
खेल

कुशल भुर्तेलले पठाए स्कटल्याण्डका कप्तानलाई पभिलियन

फाइल।

आइसीसी पुरुष टी-२० विश्वकप २०२६ अन्तर्गत वानखेडे स्टेडियममा जारी खेलमा कुशल भुर्तेलले नेपाललाई चाैथो सफलता दिलाएका छन्।

खेलको १७औँ ओभरमा भुर्तेलले स्कटल्याण्डका कप्तान रिची बेरिंग्टनलाई आउट गर्दै नेपाललाई चौथो सफलता दिलाएका हुन्।

१६.६ ओभरमा भुर्तेलले बेरिंग्टनलाई सन्दीप जोराको हातबाट क्याच आउट गराएका थिए।

आक्रामक ब्याटिङ गर्ने प्रयासमा रहेका बेरिंग्टनले ६ बलमा १ छक्काको मद्दतले १० रन बनाएर आउट भए। बेरिंग्टन आउट हुँदा स्कटल्याण्डको स्कोर १४५ रन रहेको थियो।

प्रकाशित: ५ फाल्गुन २०८२ २०:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App