संयुक्त अरब इमिरेट्स (युएई) ले दिएको १२९ रनको लक्ष्य पछ्याइरहेको नेपालका लागि ओपनर कुशल भुर्तेलले सानदार अर्धशतक पूरा गरेका छन्।
आक्रामक ब्याटिङ गर्दै उनले नेपाललाई जितको नजिक पुर्याएका हुन्।
भुर्तेलले मात्र ३१ बलमा आफ्नो अर्धशतक पूरा गरेका हुन्। हाल उनी ५३ रनमा अविजित छन्, यसक्रमा उनले ९ चौका र १ छक्का लगाए।
भुर्तेलले युएईका बलरहरूलाई कुनै मौका दिएका छैनन्। उनलाई क्रिजमा कप्तान दीपेन्द्र सिंह ऐरीले साथ दिइरहेका छन्। ऐरी ६ बलमा १ चौकासहित ८ रन बनाएर खेलिरहेका छन्।
नेपालले ९.४ ओभरको समाप्तिमा २ विकेटको क्षतिमा ८३ रन बनाएको छ। कुशल मल्ल १९ रन र डेब्युटान्ट सन्तोष यादव १ रन बनाएर आउट भए पनि भुर्तेलले इनिङ्सलाई सम्हाल्दै आक्रामक रूपमा अगाडि बढाएका हुन्।
प्रकाशित: ८ वैशाख २०८३ १९:४१ मंगलबार





