२४ फाल्गुन २०८२ आइतबार
image/svg+xml
खेल

संकटमा परेको जनकपुरलाई उकासेर आउट भए कृष्णमूर्ति

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्धको खेलमा जनकपुर बोल्ट्सका सन्जय कृष्णमूर्तिले जुझारु अर्धशतक प्रहार गरेका छन्।

शीर्ष क्रमका ब्याटरहरू सस्तैमा समेटिएर संकटमा परेको जनकपुरको इनिङलाई सम्हाल्दै कृष्णमूर्तिले ५० रनको महत्त्वपूर्ण पारी खेलेका हुन्। उनले ३८ बलको सामना गर्दै ४ चौका र २ छक्काको मद्दतमा अर्धशतक पूरा गरे।

१३१.५७ को स्ट्राइक रेटमा ब्याटिङ गरेका कृष्णमूर्ति अर्धशतक पूरा गरेलगत्तै १७.२ ओभरमा अविनाश बोहराको बलमा बोल्ड भए।

पावरप्लेमै ३५ रन जोड्दा ३ विकेट गुमाएर दयनीय अवस्थामा पुगेको जनकपुरलाई सन्जय कृष्णमूर्ति र जान निकोल लोफ्टी-इटनले सम्हालेका थिए।

यी दुईबीच चौथो विकेटका लागि महत्त्वपूर्ण साझेदारी भयो। लोफ्टी-इटनले ३९ रन बनाएर आउट भए।

कृष्णमूर्ति आउट हुँदा जनकपुरले १७.२ ओभरमा ५ विकेट गुमाएर १२९ रन बनाएको छ। अहिले क्रिजमा आदित्य महता छन्।

प्रकाशित: १३ मंसिर २०८२ १७:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App