१४ श्रावण २०८३ बिहीबार
image/svg+xml
खेल

काभा भलिबल: नेपालले कीर्गिस्तानलाई सोझो सेटमा हरायो

घरेलु टोली नेपालले सेन्ट्रल एसिया भलिबल एसोसिएसन (काभा) महिला च्याम्पियनसिपमा पहिलो जित दर्ता गरेको छ । नेपालले कीर्गिस्तानलाई ३–० को सोझो सेटमा हराएको हो ।

शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा भएको खेलमा नेपालले खेल २५–१८,२५–२० र २५–१३ ले आफ्नो पक्षमा पार्‍यो । जितसँगै दुई खेलबाट चार अंक जोडेको नेपाल समूह ‘ए’को दोस्रो स्थानमा छ । नेपालको सेमिफाइनल सम्भावना जीवितै छ ।

पराजित कीर्गिस्तान दुई खेलबाट तीन अंकका साथ तेस्रो स्थानमा छ ।

पहिलो खेलमा नेपाल भारतसँग ३–२ को सेटमा पराजित भएको थियो । कीर्गिस्तानले माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराएको थियो ।

अब आइतबार नेपालले माल्दिभ्ससँग समूह चरणको अन्तिम खेल खेल्नेछ । कीर्गिस्तानले भारतको सामना गर्नेछ ।

 

प्रकाशित: ९ जेष्ठ २०८३ २०:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App