काठमाडौं जेभियर्स पब्लिक स्कुलले दोस्रो टाइमलाइन अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा जित निकालेको छ।
गोकर्णेश्वर नगरपालिका–५ नयाँ बस्तीस्थित आयोजक टाइमलाइन स्कुलको कोर्टमा शुक्रबार काठमाडौं जेभियर्सले वेब्सलाई ६०–३१ ले सहजै पराजित गर्यो। विजेताका सुवर्ण भुजेलले २२ अंक जोडे।
सिनियर ब्वाइजमै नेमोनिक मोर्डन एकेडेमीले विट्स एकेडेमीलाई २५–१३, एम्बासडरले इस्टपोललाई ४०–१३ र सर्वनाम शिक्षालयले बाल संसारलाई ४३–१८ ले हराए। नेमोनिकका करण राईले १०, एम्बासडरका विसन खड्काले २४ र सर्वनाम शिक्षालयका निग्मा शेर्पाले १४ स्कोर गरे।
सिनियर गर्ल्समा बागमती बोर्डिङ स्कुलले भेनस पब्लिकलाई १३–८, योङ हार्ट्स एकेडेमीले विट्स एकेडेमीलाई १३–६, बालसंसारले इस्टपोललाई १०–२ र लर्ड्स लाइट एकेडेमीले सिसिएसलाई १६–१४ ले पाखा लगाए। बागमतीकी स्मृति पोखरेलले ४, योङ हार्ट्सकी प्राश्ना केसीले ६, बाल संसारकी विपस्ना गिरीले ४ र लडर्स लाइटकी डोमी शेर्पाले ६ अंक बटुले।
प्रकाशित: ७ भाद्र २०८२ ०७:४७ शनिबार





