हारको संघारमा पुगिसकेको खेललाई उत्कृष्ट पुनरागमन गर्दै सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा रोमाञ्चक जित हासिल गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा सुदूरपश्चिमले काठमाडौं गुर्खाजलाई २९ रनले पराजित गरेको हो।
सुदूरपश्चिमले दिएको १४८ रनको मध्यम लक्ष्य पछ्याएको काठमाडौँ गुर्खाज १६.५ ओभरमा ११८ रनमै अलआउट भयो।
प्रकाशित: ३ मंसिर २०८२ १९:३५ बुधबार





