काष्ठमण्डप विद्यालयको आयोजनामा काष्ठमण्डप फुटसल प्रतियोगिता आइतबारदेखि हुने भएको छ।
प्रतियोगितामा ८ छात्र टोलीको सहभागिता रहने काष्ठमण्डपका इसिएस इन्चार्ज सुन्दर बुढाथोकीले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए। सहभागी टोलीलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेलाइनेछ।
समूह ‘ए’ मा काष्ठमण्डप ‘ए’, चेल्सी, सेलिब्रेसन को–एड र मल्पी तथा समूह ‘बी’ मा काष्ठमण्डप ‘बी’, सेन्ट जेभियर्स, एआइटिएम र ह्वाइटफिल्ड रहेका छन्। समूहका शीर्ष २ टोली सेमिफाइनलमा पुग्नेछन्।
शीर्ष तीन स्थान हात पार्ने टोलीले क्रमशः ५० हजार, २५ हजार र १५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन्। उत्कृष्ट खेलाडी र गोलरक्षकलाई जनही २ हजार ५ सय नगदबाट पुरस्कृत गरिनेछ।
भक्तवीर सिंह तुलाधर फाउन्डेसनको मुख्य प्रायोजन तथा स्टडी प्लसको सहयोगमा दुईदिने प्रतियोगिताका खेलहरु मण्डिखाटारस्थित आयोजककै हातामा खेलाइनेछ।
प्रकाशित: ९ फाल्गुन २०८२ ०७:१५ शनिबार


-600x400.jpg)


