टर्कीको इस्तानबुलबाट आएको टिके ७२६ नम्बरको टर्किस एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा आगो लागेको छ।
विमानस्थल सुरक्षा कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार विमान अवतरण गर्ने क्रममा विमानको टायरमा आगो लागेको हो। 'आज बिहान विमान अवतरण गर्ने क्रममा टायरमा आगो लागेको थियो, दमकलको सहायतामा आगो निभाइएको छ, अहिले अवस्था सामान्य छ,' उनले भने, 'अहिले जाँचका लागि केही समय रनवे बन्द गरिएको छ।'
उनका अनुसार विमानमा २७३ यात्रु र ११ जना ‘क्रू मेम्बर’ थिए। सबै यात्रुहरूलाई सकुशल बाहिर निकालिएको थियो। अहिले प्राविधिक जाँच भइरहेको सिलवालले जानकारी दिए।
प्रकाशित: २८ वैशाख २०८३ ०७:४१ सोमबार





