एभरेष्ट महिला भलिबल लिग अन्तर्गत आज भएको पहिलो खेलमा कर्णाली यशविसले मधेस यूनाईटेडलाई पराजित गरेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा भएको खेलमा कर्णालीले ३- ० को सोझो सेटमै मधेसलाई हराएको हो । कर्णालीले पहिलो सेट २५- १५ ले आफ्नो पक्षमा पारेको थियो ।
त्यसपछि, दोस्रो सेटमा पनि मधेसमाथि कर्णाली हाबी भयो। दोस्रो सेटमा मधेस कर्णालीसँग २५- १२ ले पराजित भयो। तेस्रो सेटमा कर्णाली २५- १७ ले नतिजा आफनो पक्षमा पार्दै खेल जित्यो। जारी प्रतियोगितामा कर्णाली अपराजित छ।
प्रतियोगिताको यसअघिका खेल पोखरामा आयोजना भएका थिए । तर, गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनले रोकिएका खेल आजदेखि काठमाडौंमा सुरु भएका हुन् । आजै दोस्रो खेलमा अहिले ललितपुर क्वीन्स र पोखरा निन्जाज भिड्दैँ छन्।
प्रकाशित: २६ कार्तिक २०८२ १७:०७ बुधबार





