१० चैत्र २०८२ मंगलबार
image/svg+xml
राजनीति

जेन-जी आन्दोलनका क्रममा नेताका घरमा भेटिएको पैसाको अनुसन्धान हुनुपर्छ: थापा

नेपाली कांग्रेसका सभापति गगन थापाले नेताका घरमा भेटिएको पैसाको अनुसन्धान हुनुपर्ने बताएका छन् । पार्टीको केन्द्रीय कमिटी बैठकमा आफ्नो धारणा राख्दै थापाले भदौ २४ गते नेताका घरमा भेटिएका पैसाको अनुसन्धान हुनुपर्ने बताए ।  

उनले भने, ‘जेनजी आन्दोलनका क्रममा भदौ २४ गते नेताका घरमा भेटिएका पैसाको कानुनसम्मत अनुसन्धान हुनुपर्छ। अनुसन्धान गर्ने विषय सार्वजनिक खपतको विषय मात्रै हुनुहुन्न । निष्कर्ष निकालिनुपर्छ ।’

जेनजी आन्दोलनका क्रममा भदौ २४ गते कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित घरमा आन्दोलनकारीले आगजनी गरेका थिए।

देउवा र कांग्रेसकी तत्कालीन केन्द्रीय सदस्य डा. आरजु राणा देउवामाथि आन्दोलनकारीले साङ्घातिक आक्रमण गरेका थिए । आगजनीका क्रममा त्यहाँ पैसा जलेका भिडिया सार्वजनिक भएका थिए।  

कांग्रेसका अर्का नेता दीपक खड्काको बुढानीलकण्ठस्थित घरमा पनि आगजनी गरिएको थियो । र, त्यहाँ पनि पैसा जलेका भिडियो सार्वजनिक भएका थिए।  

सभापति थापाले अख्तियारको दुरुपयोग र नीतिगत भ्रष्टाचारका विषयमा पनि तथ्यसंगत छानबिन गरिनुपर्ने बताए।

प्रकाशित: १० चैत्र २०८२ १४:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App