नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी करण केसी र चलचित्र पत्रकार वर्षा बस्नेत वैवाहिक बन्धनमा बाँधिएका छन्। गत फागुन ८ गते भारतको चण्डीगढमा सीमित पारिवारिक जमघटबिच उनीहरूले विवाह गरेका हुन्।
मंगलबार सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गर्दै उनीहरूले वर्षौँदेखिको प्रेमलाई विवाहमा परिणत गरेको जानकारी दिएका छन्। विवाहको खुसी साट्दै करणले लेखेका छन्, ‘सुख-दुःख सबै बाँडेर तिमीसँगै हाँसेर जीवन कटाउने वाचा गर्दछु।’
त्यस्तै, वर्षाले यसलाई जीवनको सबैभन्दा सुन्दर अध्याय भन्दै लेखेकी छिन्, ‘वर्षौँको प्रेम, धैर्यता र हरेक उतारचढावमा एक अर्कालाई साथ दिएपछि हामी अन्ततः सधैँका लागि एक भएका छौँ। हामीले हरेक पटक एक अर्कालाई नै रोज्यौँ र त्यही रोजाइले आज यहाँसम्म ल्याएको हो।’
तस्बिर : वर्षाको फेसबुकबाट





प्रकाशित: १२ फाल्गुन २०८२ १३:०४ मंगलबार





-600x400.jpg)