नेपाली राष्ट्रिय टोलीका तीव्र गतिका बलर करण केसी जापान प्रिमियर लिग (जेपिएल) खेल्ने भएका छन्।
करणले उक्त प्रिमियर लिग खेल्ने जानकारी जापान क्रिकेट संघले सामाजिक सञ्जाल फेसबुकमार्फत दिएको हो।
यो लिग मे २ देखि ५ गतेसम्म आयोजना हुनेछ। करणले कुन टोलीबाट लिग खेल्ने भन्नेबारे भने अहिलेसम्म खुलाइएको छैन।
प्रकाशित: ३ चैत्र २०८२ १७:४१ मंगलबार




