२ आश्विन २०८३ शुक्रबार
image/svg+xml
खेल

युरोपा लिगमा युभेन्टस र क्रिस्टल प्यालेसको शानदार सुरुवात

यूईएफए युरोपा लिगको नयाँ सिजनमा युभेन्टस, क्रिस्टल प्यालेस र बोर्नमाउथले विजयी सुरुवात गरेका छन्। गएराति लिग चरणको पहिलो खेलअन्तर्गत विभिन्न नौ खेल भएका थिए।

युभेन्टसले घरेलु मैदानमा एनईसी निजमेजेनलाई ३-० ले हरायो। क्रिस्टल प्यालेसले लेच पोजनानलाई ३-० ले पराजित गर्दा बोर्नमाउथले स्पेनिस क्लब रियल सोसिडाडलाई उसकै मैदानमा २-१ ले हरायो।

त्यस्तै, बेसिक्टासले मार्सेइलाई २-१, फेरेन्सभारोसले सेल्टिकलाई ३-१, युनियन सेन्ट-गिलोइसले भिक्टोरिया प्ल्जेनलाई ३-० तथा टोरेन्सेले लिलेस्ट्रोमलाई २-० ले पराजित गरे। ओएफआई क्रेट र होफेनहाइमबीचको खेलमा ओएफआई २-० ले विजयी हुँदा साल्जबर्गले लेभ्स्की सोफियालाई २-० ले हरायो।

यसअघि बुधबार राति भएको पहिलो चरणका खेलमा बेन्फिकाले एसी मिलानलाई २-०, बायर लेभरकुसेनले सेल्जेलाई २-०, स्पार्टा प्रागले अरारात-आर्मेनियालाई ४-१ र लियोनले एन्डरलेख्टलाई २-१ ले हराएका थिए। ओलम्पियाकोसले यागिएलोनियालाई २-१ ले पराजित गर्दा ओमोनियाले सेल्टा भिगोलाई १-० ले हरायो। सन्डरल्यान्डले एजे अल्कमारलाई १-० ले पराजित गरेको थियो। हापोएल बेर शेभा र डिनामो जाग्रेब तथा स्टर्म ग्राज र रेनेसबीचको खेल भने गोलरहित बराबरीमा सकिएको थियो।

युरोपा लिगको पहिलो चरणका सबै खेल सकिएसँगै अब प्रतियोगिताको दोस्रो चरणका खेल अक्टोबर १५ मा हुनेछन्।

दोस्रो चरणमा एजे अल्कमारले हापोएल बेर शेभासँग, टोरेन्सेले सन्डरल्यान्डसँग, स्पार्टा प्रागले लिलेस्ट्रोमसँग, सेल्जेले ओमोनियासँग तथा युनियन सेन्ट-गिलोइसले रियल सोसिडाडसँग खेल्ने तालिका छ। लेच पोजनानले बायर लेभरकुसेनको सामना गर्नेछ।

प्रकाशित: २ आश्विन २०८३ ०७:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App