११ जेष्ठ २०८३ सोमबार
image/svg+xml
खेल

क्यानविरूद्धका सबै मुद्दा फिर्ता लिने जोराको निर्णय

जोरा स्पोर्ट्स म्यानेजमेन्टले नेपाल क्रिकेट संघ (क्यान) विरुद्ध विभिन्न अदालतमा दर्ता गरिएका सबै कानुनी मुद्दा फिर्ता लिने निर्णय गरेको जनाएको छ। जोरा स्पोर्ट्सले यसअघि नेपाल प्रिमियर लिग (एनपीएल) को आधिकारिकता, स्वामित्व तथा बौद्धिक सम्पत्तिसम्बन्धी विवादमा सर्वोच्च अदालत, काठमाडौं जिल्ला अदालत र उच्च अदालत पाटनमा मुद्दा दायर गरेको थियो।  

कम्पनीका प्रबन्ध निर्देशक आमिर अख्तरले विज्ञप्तिमार्फत खेल क्षेत्रको सुधार र विकासलाई प्राथमिकता दिँदै तत्कालका लागि मुद्दा फिर्ता लिने निर्णय गरेको जनाएका छन्।

अख्तरका अनुसार अदालत जाने निर्णय व्यक्तिगत कारणले नभई खेल क्षेत्रमा देखिएका समस्या र सुधारको आवश्यकताका कारण गरिएको थियो। साथै, राष्ट्रिय खेलकुद परिषद्को समन्वय र सहकार्यको आग्रहलाई सम्मान गर्दै मुद्दा फिर्ता लिने निर्णय गरिएको उनले उल्लेख गरेका छन्।  

यद्यपि, ‘नेपाल प्रिमियर लिग प्राइभेट लिमिटेड’ तथा त्यससँग सम्बन्धित बैंक खातामाथिको आफ्नो स्वामित्व भने यथावत रहने स्पष्ट पारिएको छ। साथै, आगामी दिनमा नेपाली क्रिकेट र समग्र खेलकुद क्षेत्रको विकासका लागि सम्बन्धित निकायसँग सहकार्य जारी राख्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।

प्रकाशित: ५ जेष्ठ २०८३ १५:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App