नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लब झापा महिला गोल्डकपको उपाधिका लागि आमने-सामने हुँदै छन्।
फाइनल खेल सोमबार भोल झापाको दुधे रगंशालमा हुनेछ। शनिबार त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा पराजित गरेसँगै एपीएफले फाइनलमा आफ्नो स्थान बनाएको हो।
आर्मी र एपीएफले निर्धारित समयमा १-१ गोलको बरारबी खेलेपछि खेल टाइब्रेकरमा गएको थियो। टाइब्रेकरमा एपिएफ ४- २ ले विजय भएको हो।
त्यसअघि शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा संकटा क्लबलाई २-० ले सहज रूपमा पराजित गर्दै पुलिस फाइनलमान प्रवेश गरेको थियो।
यस प्रतियोगिताको विजेता टोलीले १० लाख १० हजार रुपैयाँ प्राप्त गर्ने छन्।
प्रकाशित: २३ कार्तिक २०८२ १२:४० आइतबार





