२५ मंसिर २०८२ बिहीबार
image/svg+xml
खेल

झापाको न्यू स्टार सिरिजङ्गा गोल्डकपमा सेमीफाइनलमा

तीन बिदेशीसहित अनुभवी खेलाडीप्रेरित न्यू स्टार फुटबल क्लव झापा ताप्लेजुङको तेल्लोकमा जारी पाँचौं अन्तराष्ट्रिय आमन्त्रण सिरिजङ्गा गोल्डकपको सेमीफाइनल पुग्ने दोस्रो टोली बनेको छ ।  

टाईब्रेकरमा पाँचथर फुटबल क्लवलाई ४–३ ले पराजित गर्दै झापाले सेमीफाइनलमा स्थान बनाएको हो । निर्धारित समयमा दुबै टोलीले १–१ को बराबरी खेलेपछि खेलको निर्णय टाईब्रेकरबाट गरिएको थियो ।  

टाईब्रेकरमा न्यू स्टारका बिक्रम तामाङ,निरज परियार,राजेश शाह र रिचर्ड विल्सनका प्रहारले गोलको दिशा लिँदा अजय मार्टिनको प्रहारले गोलको दिशा लिन असफल भयो । पाँचथरका सुसन जबेगु,निरोज लिङदेन र मनिष क्षेत्रीका प्रहार गोलका लागि सफल भएभने मिराक खजुम र प्रकाश धमला गोल गर्न असफल रहे ।  

यसअघि खेलको सुरुआती अग्रता न्यू स्टार झापाले लिएको थियो । मध्यान्तर अघि न्यूटारका लागि रिचर्ड विल्सनले गोल गरे भने मध्यान्तर पछिको खेलमा पाँचथरका निरोज लिङदेनले लग फुटसट प्रहार गर्दै खेललाई बराबरीमा ल्याए ।  

न्यू स्टार रिचार्ड,अजय मार्टिन र ओडोका सहित अन्टर नाइन्टिन फुटबल क्लवका अन्तराष्ट्रिय खेल खेलिसकेका बिक्रम तामाङ र झापा ११ का खेलाडी राजेश शाह सहितका खेलाडी लिएर मैदानमा उत्रिएको थियो ।  

बिहीबार हुने तेस्रो क्वाटर फाइनल खेलमा पारिजात संघ फुटबल क्लब भारतले मरिक फुटबल क्लब धरानसँग प्रतिश्पर्धा गर्ने छ । मंसिर २६ गते चौथो तथा अन्तिम क्वाटर फाइनल खेलमा साँगुरीगढी फुटबल क्लब धनकुटाले म्याङलुङ स्पोर्टिङ क्लब तेह्रथुमसंग स्पर्धा गर्दै पहिलो चरणका खेल समाप्त गर्ने छ ।  

मंगलबार भएको पहिलो खेलमा आयोजक तेल्लोक स्पोर्टिङ क्लव रेडहर्ष फुटबल क्लव इलामलाई टाईब्रेकरमा पराजित गर्दै सेमीफाइनल पुगिसकेको छ । यसअघि कार्यक्रमका प्रमुख अतिथि जिल्ला खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्रकुमार मावो लिम्बू(गणेश)ले प्रमुख रेफ्री विके थलङलाई बल हस्तान्तरण गर्दै खेल सुचारु गर्न अनुमति दिएका थिए ।  

खेल मंसिर २९ गते समापन हुने आयोजक तेल्लोक स्पोर्टिङ क्लवका अध्यक्ष अर्जुन भट्टराईले जानकारी दिए ।  

प्रकाशित: २४ मंसिर २०८२ १८:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App