२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
खेल

जनकपुरको सातौं विकेट पतन, सेट ब्याटर सञ्जय २५ रन बनाएर आउट

१५६ रनको लक्ष्य पछ्याएको जनकपुर बोल्ट्स हार नजिक पुगेको छ। इनिङ्सको १३औँ ओभरको पहिलो बलमै सातौँ विकेट गुमेपछि जनकपुरको सम्भावना कमजोर बनेको हो।

जनकपुरका लागि केही आशालाग्दो ब्याटिङ गरिरहेका सञ्जय कृष्णमूर्ति २५ रन बनाएर आउट भएका छन्। उनलाई पोखरा एभेन्जर्सका कप्तान तथा बलर कुशल भुर्तेल ले किरण ठगुन्नाको हातबाट क्याच आउट गराए।

सञ्जयले २० बलमा २ चौका र १ छक्का प्रहार गर्दै टोलीको इनिङ्स उकास्ने प्रयास गरेका थिए।

यसअघि मयन यादव पनि ४ रन बनाएर विपिन खत्रीको चौथो सिकार बनेका थिए।

अहिले १२.१ ओभरको समाप्तिमा जनकपुरको स्कोर ७१/७ रहेको छ। क्रिजमा वेन पार्नेल (११ रन) रहेका छन्। जनकपुरलाई जितका लागि अझै ४७ बलमा ८५ रन आवश्यक छ।

प्रकाशित: ११ मंसिर २०८२ १८:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App