२ चैत्र २०८२ सोमबार
image/svg+xml
खेल

वानखेडेमा इटालियन ब्याटरको ताण्डव: नेपाली बलरमाथि चौका र छक्काको वर्षा

टी-२० विश्वकप अन्तर्गत नेपालले दिएको १२४ रनको लक्ष्य पछ्याउने क्रममा इटालीले विष्फोटक सुरुवात गरेको छ।

मुम्बईको वानखेडे स्टेडियममा इटालियन ओपनरहरूले नेपाली बलरहरूलाई निरिह सावित गर्दै मैदानको चारैतिर चौका र छक्काको वर्षा गराएका छन्।

पावरप्लेको ६ ओभर सकिँदा इटालीले कुनै विकेट नगुमाई ६८ रन जोडेको छ। इटालीले ११.३३ को उच्च रन रेटमा रन बनाउँदै खेललाई पूर्ण रूपमा आफ्नो नियन्त्रणमा लिएको छ।

इटालीका ओपनर जस्टिन मस्को र एन्थोनी मस्कोले नेपाली बलिङ अट्याकलाई पूर्ण रूपमा ध्वस्त बनाएका छन्। जस्टिन मस्कोले मात्र २१ बलको सामना गर्दै ४ चौका र २ छक्काको मद्दतले अविजित ३७ रन बनाएका छन्।

अर्का ओपनर एन्थोनी मस्को झन् आक्रामक देखिएका छन्। उनले मात्र १५ बलमा २ चौका र ३ विष्फोटक छक्का प्रहार गर्दै ३० रन जोडेका छन्।

यी दुईबीच ६ ओभरमै ६८ रनको साझेदारी भइसकेको छ।

नेपालका मुख्य बलरहरू इटालीको आक्रामक प्रहार रोक्न असफल देखिएका छन्। स्पिनर ललित राजवंशीको एकै ओभरमा इटालीले १९ रन प्रहार गर्‍यो। त्यस्तै, अनुभवी बलर करण केसीले २ ओभरमा २१ रन खर्चिए भने स्टार स्पिनर सन्दीप लामिछानेले आफ्नो पहिलो ओभरमै १० रन दिए। दीपेन्द्र सिंह ऐरीले पनि २ ओभरमा १७ रन खर्चिएका छन्।

प्रकाशित: २९ माघ २०८२ १७:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App