१७ श्रावण २०८३ आइतबार
image/svg+xml
खेल

आइपिएल क्वालिफायर-१ : आरसीबीविरुद्ध गुजरातले टस जितेर बलिङ रोज्यो, जित्ने टोली फाइनल पुग्ने

इन्डियन प्रिमियर लिग (आइपीएल) २०२६ अन्तर्गत क्वालिफायर-१ को महत्त्वपूर्ण भिडन्तमा मंगलबार रोयल च्यालेन्जर्स बैंगलुरु (आरसीबी) र गुजरात टाइटन्स (जीटी) प्रतिस्पर्धा गर्दै छन्।

धर्मशालामा भर्खरै सम्पन्न टसमा गुजरातले जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ। यस खेलको विजेता टोली सीधै उपाधि भिडन्तका लागि फाइनलमा प्रवेश गर्नेछ। तसर्थ, दुवै टोलीका लागि आजको खेल महत्त्वपूर्ण हुनेछ।

‘हेड-टु-हेड’ तथ्यांकलाई हेर्दा बैंगलुरु र गुजरात बराबरीको अवस्थामा छन्। यी दुई टोलीबीच हालसम्म आइपीएलमा कुल ८ खेल भएका छन्, जसमा दुवैले समान ४-४ खेल जितेका छन्।

कुनै पनि खेल बराबरी वा नतिजाविहीन भएको छैन। यस सिजनमा पनि यी दुई टोली दुईपटक आमनेसामने भइसकेका छन् र दुवैले एक-एक जित निकालेका छन्।

पछिल्लो खेलमा गुजरातले ४ विकेटको जित हासिल गरेको थियो भने त्यसअघिको भिडन्तमा बैंगलुरु ५ विकेटले विजयी भएको थियो।

आजको खेल जित्ने टोलीलाई ऐतिहासिक अग्रता लिने अवसर समेत जुरेको छ। बैंगलुरुको ब्याटिङ पक्ष निकै बलियो मानिएको छ भने अनक्याप्ड विदेशी खेलाडीहरू टोलीका लागि केही हदसम्म कमजोर पक्ष साबित हुन सक्ने विश्लेषण गरिएको छ।

कप्तान रजत पाटीदारको नेतृत्वमा रहेको बैंगलुरुले यस सिजन आक्रामक ब्याटिङको उत्कृष्ट नमुना पेस गर्दै ८ पटक २०० रनको आँकडा पार गरिसकेको छ।

बैंगलुरुका लागि विराट कोहली सर्वाधिक रन बनाउने खेलाडी हुन्। उत्कृष्ट लयमा रहेका उनले १ शतक र ४ अर्धशतकको मद्दतमा ५५७ रन बनाइसकेका छन्।

कोहलीका बाहेक देवदत्त पडिक्कलले ३ र कप्तान पाटीदारले ४ अर्धशतक प्रहार गरेका छन्। धर्मशालामै पञ्जाबविरुद्धको यसअघिको खेलमा वेंकटेश अय्यरले अविजित ७३ रनको सानदार पारी खेल्दै टोलीलाई जित दिलाएका थिए।

बलिङतर्फ भने जोस हेजलवुड र भुवनेश्वर कुमारको जोडीले टोलीलाई बलियो मजबुती प्रदान गरेको छ। भुवनेश्वर टोलीका तर्फबाट सर्वाधिक विकेट लिने बलर हुन्। दुवै टोलीले आजको निर्णायक खेलका लागि बलियो सम्भावित ‘प्लेइङ–१२’ तयार पारेका छन्।

बैंगलुरुको सम्भावित टोली : विराट कोहली, देवदत्त पडिक्कल, रजत पाटीदार (कप्तान), टिम डेविड, वेंकटेश अय्यर, जितेश शर्मा, क्रुणाल पण्ड्या, भुवनेश्वर कुमार, रसिख सलाम, सुयश शर्मा, जोस हेजलवुड र फिल साल्ट।

गुजरातको सम्भावित टोली : शुभमन गिल (कप्तान), साई सुदर्शन, जोस बटलर (विकेटकिपर), वासिङ्टन सुन्दर, निशान्त सिन्धु, जेसन होल्डर, राशिद खान, राहुल तेवतिया, अरशद खान, कागिसो रबाडा, मोहम्मद सिराज र प्रसिद्ध कृष्णा।

प्रकाशित: १२ जेष्ठ २०८३ १९:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App