जारी १९औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत सोमबार चेन्नई सुपर किंग्सले राजस्थान रोयल्सको सामना गर्दैछ।
गुहावटीमा रहेको बार्सापरा क्रिकेट रंगशालामा हुन लागेको खेल नेपाली समयअनुसार बेलुका ७ः४५ बजेबाट सुरु हुँदैछ।
हालसम्म आइपीएलमा यी दुई टोली २७ पटक आमने सामने भएका छन्। चेन्नईले १५ पटक राजस्थानविरुद्ध खेल जितेको छ भने राजस्थानले १२ पटक चेन्नईलाई हराएको छ।
दुवै टोलीको लक्ष्य प्रतियोगितामा विजयी हुँदै अघि बढने हुनेछ।
प्रकाशित: १६ चैत्र २०८२ १२:५८ सोमबार





