१ वैशाख २०८३ मंगलबार
image/svg+xml
खेल

आईपिएल: चेन्नई र कोलकता प्रतिस्पर्धा गर्दै

जारी इन्डियन प्रिमियर लिग (आईपिएल )अन्तर्गत आज चेन्नई सुपर किंग्स र कोलकाता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुँदैछ।

मगंलबार खेल चेन्नईमा रहेको एमए चिदम्बरम स्टेडियमममा नेपाली समय अनुसार बेलुका पौने ८ बजेदेखि सुरु हुनेछ। जारी आईपिएलमा कोलकता जितविहीन छ। कोलकताले हालसम्म खेलेको ४ खेलमा ३ खेलमा पराजय भोग्दा एक खेल वर्षाको कारण स्थागित भएकाे थियो। आज चेन्नईलाई पराजित गर्दै कोलकता प्रतियोगितामा खाता खोल्न चाहन्छ।

चेन्नईले भने हालसम्म खेलेको ४ खेलमा १ मा विजयी हुँदा ३ मा पराजय भोगेको छ। चेन्नई कोलकतालाई हराउने लक्ष्यमा हुनेछ। जारी आईपिएलको खेल तालिकाममा चेन्नई २ अंकसहित तालिकाको नवौँ स्थानमा छ भने कोलकता १ अंकसहित तालिकाको पुछारमा छ।

प्रकाशित: १ वैशाख २०८३ ११:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App