१० चैत्र २०८२ मंगलबार
image/svg+xml
खेल

ताप्लेजुङको खाम्लुङमा कात्तिक ७ देखि अन्तर जिल्ला स्तरीय फुटबल हुँदै

ताप्लेजुङको मेरिङदेन गाउँपालिकामा वडा नं ३ खाम्लुङमा हुने पाँचौं अन्तर जिल्ला स्तरीय मेरिङदेन कप फुटबल प्रतियोगिताको खेल तालिका शनिबार सार्वजनिक भएको छ ।  

कात्तिक ७ गतेदेखि १३ गतेसम्म हुने फुटबल खेलमा १० टिमको सहभागिता रहने आयोजक पृथ्वी तथा लेस्नमाया स्मृति युवा क्लवका अध्यक्ष सुजन सामेखामले जानकारी दिए ।  

उनका अनुसार प्रतियोगितामा तेह्रथुम र पाँचथरका १–१ तथा ताप्लेजुङका ८ टिमको सहभागिता रहने छ । पहिलो खेलमा पृथ्वी लेस्नमाया स्मृति युवा क्लवले मेरिङदेन युवा क्लव थुकिमासँग सामना गर्नेछ ।  

दोस्रो खेलमा नवज्योति युवा क्लव मेरिङदेनले सनराईज क्लव साँघु मैवाखोलासँग खेल खेल्दा तेल्लोक स्पोर्टिङ क्लव सिरीजङ्गाले मैवाखोला गाउँपालिका वडा नं १ स्थित जनसेवा आर्दश स्पोर्टिङ क्लवसंग भिडन्त गर्नेछ ।  

साथीभाइ युवा क्लव र मानाभरा स्पोर्टिङ क्लव मैदानमा उत्रदा तेह्रथुमको जिरीखिम्ति युवा क्लव र पाँचथरको गणेशचौकको टिम सिधै पहिलो चरणको खेल अगावै दोस्रो चरणको खेलमा जानेछन् ।  

खेल संयोजक क्युमिन सामेखामका अनुसार प्रतियोगिताका बिजेताले नगद १ लाख ५१ हजार १८२ रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाणपत्र तथा द्धितीय हुनेलाई ८१ हजार १८२ रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाणपत्र प्रदान गरिने भएको छ । खेलमा म्यान अफ द म्याचसहित बिधागत पुरस्कारको समेत व्यवस्था गरिएको क्लवले जनाएको छ ।  

क्लवका अध्यक्ष सामेखामका अनुसार प्रतियोगिता सम्पन्न गर्न कुल १८ लाख ३२ हजार ३६४ रुपैयाँ बराबर खर्च हुने अनुमान गरिएको छ । 

प्रकाशित: १ कार्तिक २०८२ १७:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App