६ फाल्गुन २०८२ बुधबार
image/svg+xml
खेल

भारतलाई सुरुवाती झट्का: ओपनर अभिषेक शर्मा शून्यमै आउट

आइसीसी पुरुष टि-२० विश्वकप २०२६ अन्तर्गत पाकिस्तानविरुद्धको खेलमा भारतले खराब सुरुवात गरेको छ।

टस हारेर पहिले ब्याटिङ गरिरहेको भारतले खेलको पहिलो ओभरमै महत्वपूर्ण विकेट गुमाएको हो।

भारतका ओपनर अभिषेक शर्मा शून्य रनमै आउट भएका छन्। उनलाई पाकिस्तानका बलर सलमान आगाले शाहिन शाह अफ्रिदीको हातबाट क्याच आउट गराएका हुन्।

४ बलको सामना गरेका अभिषेकले कुनै रन जोड्न सकेनन्। पहिलो ओभरको समाप्तिमा भारतले १ विकेट गुमाउँदै मात्र १ रन जोडेको छ।

क्रिजमा अहिले इशान किशन १ रन बनाएर खेलिरहेका छन्।

कोलम्बोको आर प्रेमदासा स्टेडियममा भइरहेको यो खेलमा पाकिस्तानले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेसँगै भारत ब्याटिङमा उत्रिएको हो।

प्रकाशित: ३ फाल्गुन २०८२ १९:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App