७ चैत्र २०८२ शनिबार
image/svg+xml
खेल

पावरप्लेमा भारतको विस्फोटक ब्याटिङ, अभिषेकले बनाए १८ बलमै अर्धशतक

आइसिसी टी-२० विश्वकप २०२६ को उपाधि भिडन्तमा न्युजिल्यान्डविरुद्ध भारतले विस्फोटक सुरुवात गरेको छ।

अहमदाबादमा जारी फाइनल खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको घरेलु टोली भारतले पावरप्लेको खेल सकिँदा विनाक्षति ९२ रनको विशाल योगफल खडा गरेको छ।

भारतीय ओपनरद्वय अभिषेक शर्मा र सञ्जु सामसनले न्युजिल्यान्डका बलरहरूमाथि पूर्ण रूपमा हावी हुँदै आक्रामक ब्याटिङ गरेका हुन्।

शर्माले मात्र १८ बलमा आफ्नो अर्धशतक पूरा गरेका छन्। पावरप्ले सकिँदा उनी १९ बलमा ६ चौका र ३ छक्कासहित ५१ रन बनाएर क्रिजमा डटेका छन्।

त्यसैगरी, विकेटकिपर ब्याटर सामसनले १७ बलमा २ चौका र ३ छक्काको मद्दतमा अविजित ३३ रन जोडेका छन्।

प्रकाशित: २४ फाल्गुन २०८२ १९:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App