इन्डियाविरुद्धको तेस्रो टेस्ट क्रिकेटको पहिलो इनिङ्समा इंल्यान्ड ३८७ रनमा अलआउट भएको छ ।
लन्डनमा शुक्रबार ४ विकेटको क्षतिमा २५१ रनबाट दोस्रो दिनको खेल थालेको घरेलु टोली थप १३६ रन जोड्दै अलआउट भएको हो । जोए रुटले १०४, ब्रिडोन कार्सले ५६ र जामी स्मिथले ५१ रन बनाए । ओली पोप अर्धशतक बनाउन ६ रनले चुके । भारतीय बलरले ३१ रन अतिरिक्त दिएका थिए ।
जस्प्रित बुमराहले ५ विकेट लिए । मोहमद सिराज र नितिशकुमार रेड्डीको नाममा समान २ विकेट रहँदा रविन्द्र जडेजाले एक विकेट झारे ।
५ खेलको शृंखला १-१ को बराबरीमा छ । पहिलो खेलमा इंल्यान्ड ५ विकेटले विजयी भएको थियो भने दोस्रोमा भ्रमणकारी टोली भारतले ३३६ रनको फराकिलो जित निकालेको थियो ।
प्रकाशित: २७ असार २०८२ १९:२३ शुक्रबार





