१४ चैत्र २०८२ शनिबार
image/svg+xml
खेल

इटाली र नेदरल्यान्ड्स टी ट्वान्टी विश्वकपमा

इटाली र नेदरल्यान्ड्सले भारत र श्रीलंका संयुक्त रूपमा आयोजना हुने आइसिसी मेन्स टी ट्वान्टी विश्वकप २०२६ मा स्थान बनाएका छन्।

इटाली पहिलोपल्ट आइसिसी विश्वकप क्रिकेटमा छनोट हुन सफल भएको हो। आइसिसी पुरुष टी ट्वान्टी विश्वकप २०२६ युरोप क्वालिफायरको दुई महत्त्वपूर्ण खेलमध्ये एक प्रतिस्पर्धामा इटाली र नेदरल्यान्ड्सबीच स्विट्जरल्यान्डको हगमा भेट भएको थियो।

उक्त खेलमा नेदरल्यान्ड्सले इटालीको ९ विकेटले पराजित गर्‍यो। तर, पनि छनोटको शीर्ष दुईमा रहँदै इटाली विश्वकपमा स्थान बनाउन सफल भयो। अर्को एसोसिएट राष्ट्र जर्सीले पनि स्कटल्यान्डमाथि ऐतिहासिक जित निकालेको थियो। तर, त्यो सफलताका बाबजुद जर्सी विश्वकपमा स्थान बनाउन असफल भयो। अन्तिम बल मार्फत जर्सीले स्कटल्यान्डलाई एक विकेटले हराएको हो।

यही हारका कारण स्कटल्यान्ड चारमध्ये पहिलोपल्ट पुरुष टी ट्वान्टी विश्वकपबाट बाहिरिनुपर्‍यो। इटाली र जर्सी दुवैले समान पाँच अंक बटुलेका थिए। तर इटालीले नेट रनरेटको आधारमा विश्वकपमा स्थान बनाएको हो। अहिलेसम्म १५ राष्ट्रले पुरुष टी ट्वान्टी विश्वकप २०२६ को यात्रा तय गरिसकेका छन्।

आइसिसी पुरुष टी ट्वान्टी विश्वकप २०२६ पूर्व एसिया प्रशान्त क्वालिफायरबाट तीन टोलीले भारत र श्रीलंकाको लागि यात्रा तय गर्नेछन्। अफ्रिकाबाट थप दुई टोली गरी कुल २० राष्ट्रले टी ट्वान्टी विश्वकपमा स्थान बनाउनेछन्। इटालीले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गर्‍यो र निर्धारित २० ओभरमा १३४ रन बनाउन सफल भयो।

इटालीका लागि सर्वाधिक रनकर्ता बेन म्यानेन्टी (३०) र ग्रान्ट स्टुअर्ट (२५) रहे। नेदरल्यान्ड्सका रोएलोफ भ्यान डेर मर्वेले तीन विकेट लिए। उनी प्लेयर अफ द म्याच पनि भए। जबाफमा नेदरल्यान्ड्सका ओपनर म्याक्स ओ डाउड ४७ रनमा अविजित रहँदा माइकल लेबितले ३४ रन बनाए। यी दुईले ७१ रनको साझेदारी गरे।

डच टोलीले पावरप्लेमा ६६ रन बनायो। लेवित आठौं ओभरमा आउट भए। त्यसपछि कप्तान स्कट एडवड्र्स ३७ रनमा अविजित रहे। उनले पनि ६४ रनको साझेदारीसहित आफ्नो टोलीलाई जित दिलाउँदै टी ट्वान्टी विश्वकपको यात्रा तय गराए। अर्को खेलमा जर्सीले स्कटल्यान्डलाई पहिलोपल्ट हरायो। तर जर्सीको खुशी लामो समय टिकेन। किनभने इटालीले नेदरल्यान्ड्सविरुद्धको खेलमा नेट रनरेटमा राम्रो ध्यान दियो।

१५औं ओभरमा नै इटालीले विश्वकपमा स्थान बनाउन योग्य भयो। स्कटल्यान्डले २० ओभरमा १३३/७ बनाएको थियो। म्याथ्यु क्रस (अविजित ४३ रन) र मार्क वाट (२८) ले मध्य क्रममा संकट टारे। तर, त्यो पर्याप्त भएन। जर्सीका ह्यारिसन कार्लायन (तीन विकेट) र बेन्जामिन वार्ड (दुई विकेट) ले उत्कृष्ट बलिङ गरे। जवाफी लक्ष्य पछ्याएको जर्सीका लागि निक ग्रिनवुडले ३६ बलमा ४९ रन बनाए। तर, उनी आउटपछि जर्सीले ४८ रनमा ८ विकेट गुमाउन पुग्यो। अन्तिम चार बलमा जर्सीलाई पाँच रन आवश्यक थियो। कप्तान चाल्र्स पेरचार्ड १ रनमा र जेक डनफोर्ड ४ रनमा अविजित रहँदै अन्तिम बलमार्पmत ऐतिहासिक जित दिलाउन सफल भए। 

प्रकाशित: २९ असार २०८२ ०८:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App