१६ चैत्र २०८२ सोमबार
image/svg+xml
खेल

आइसिसी महिला च्यालेन्ज ट्रफी: दोस्रो चरणमा १८ खेलाडी छनोट

नेपाल क्रिकेट सङ्घ ९क्यान०ले आइसिसी महिला च्यालेन्ज ट्रफीका लागि आज दोस्रो चरणमा १८ खेलाडी छनोट गरेको छ ।

छनोट हुने टोलीको कप्तानी इन्दु बर्माले र उपकप्तानको जिम्मेवारी पूजा महतोले सम्हाल्ने जनाइएको छ । घोषित अन्य खेलाडीमा रुविना क्षेत्री, विन्दु रावल, सम्झना खड्का, रुबी पोद्दार, कविता जोशी, कविता कुँवर, रिया शर्मा, रोमा थापा, सुमन विष्ट, अनु कडायत, सिमाना केसी र मनिषा उपाध्याया छन् ।

यस्तै, रचना चौधरी, सोनी पाख्रिन, साना प्रवीन र सावित्री धामी छनोट भएकी छन् । रुवान्डामा आयोजना हुने उक्त प्रतियोगिता अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को नयाँ संरचनाअनुसार पहिलोपटक हुँदैछ । 

प्रकाशित: १६ चैत्र २०८२ २१:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App