नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणले आईसीसीबाट मान्यता पाएको छ।
एनपीएलले आईसीसीबाट मान्यता पाएको क्यानका सचिव पारस खड्काले जानकारी दिए।
नेपाल क्रिकेटप्रति निरन्तर सहयोग र विश्वासका लागि आईसीसीलाई धन्यवाद दिँदै उनले भने,‘ नेपाल क्रिकेटसँग जोडिएका सबैको वर्षौँदेखिको अथक प्रयास, विश्वास र समर्पणको प्रतिफलस्वरूप नेपाललाई क्रिकेट जगतमा फर्काउने सामूहिक प्रयास सफलताको नजिक पुगेको छ। सधैँ आफ्नो क्षमताभन्दा माथि उठेर प्रदर्शन गर्दै आएको नेपाल अब नयाँ इतिहास रच्न तयार छ।’
एनपीएलको तेस्रो सिजन अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म सञ्चालन हुँदैछ।

प्रकाशित: ३० आश्विन २०८३ १९:११ शुक्रबार





