२७ माघ २०८२ मंगलबार
image/svg+xml
खेल

ऐतिहासिक रजत विजेता सुनमाया स्वदेश फिर्ता

स्पेनमा सम्पन्न विश्व माउन्टेन तथा ट्रेल रन च्याम्पियनसिपमा रजत पदक जितेकी खेलाडी सुनमाया बुढा मंगलबार स्वदेश फर्किएकी छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एडभेन्चर रनिङ फेडेरेसनका पदाधिकारीहरूले बुढाको स्वागत गरेका थिए। महासचिव सहदेव व्यञ्जनकार, कोषाध्यक्ष रीकी योञ्जन, सदस्य राजमान महर्जनलगायतले बुढालाई फूलमालासहित स्वागत गरेका हुन्।

विश्व माउन्टेन रनिङ एसोसिएसनले विश्व एथलेटिक्स र इन्टरनेश्नल एसोसिएसन अफ अल्ट्रारनर्ससँग मिलेर आयोजना गरेको उक्त प्रतियोगितामा बुढाले ८० किलोमिटरको महिला लङ ट्रेल रन १० घण्टा २३ मिनेट ०३ सेकेन्डमा पूरा गर्दै रजत पदक हात पारेकी थिइन्।

नेपाल एडभेन्चर रनिङ फेडेरेसनमार्फत नेपालबाट बुढासहित सुमन कुलुङ, साङ्गे शेर्पा र मनकुमार रोकाले सहभागिता जनाएका थिए। टोलीको व्यवस्थापन प्रीति खत्रीले गरेकी थिइन्।

प्रकाशित: १४ आश्विन २०८२ २२:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App