२ चैत्र २०८२ सोमबार
image/svg+xml
खेल

एक वर्षपछि मैदान फर्किएकी हिरा भन्छिन् : सम्हालिन नसकेर हार्‍यौँ

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी डिफेन्डर हिरा कुमारी भुजेल शुक्रबार इरानविरुद्धको खेलमा एक वर्षपछि राष्ट्रिय टोलीमा फर्किइन्।  

उनी गत वर्ष घरेलु मैदानमा भएको साफ वुमेन्स च्याम्पियनसिपअन्तर्गत भुटानविरुद्धको खेलमा घाइते भएकी थिइन्। उनको घुँडामा चोट लागेको र एसीएलको समस्या थियो। शल्यक्रिया भएको दिन नै, अर्थात् हिजो, उनी राष्ट्रिय टोलीमा फर्किन्।  

एक वर्षपछि टोलीमा कमब्याक गर्दा खुसी भएको उनले बताइन्। ‘मेरो एक वर्षअघि हिजोको दिनमा नै शल्यक्रिया भएको थियो, म हिजो नै टोलीमा फर्किए,’ हिराले भनिन्, ‘टोलीमा कमब्याक गर्दा खुसी लागेको छ।’ उनी शुक्रबार टोलीमा फर्किए पनि नेपाल इरानसँग ३-० ले पराजित भयो। भारतमा जारी त्रिदेशीय महिला अन्तर्राष्ट्रिय मैत्रीपूर्ण प्रतियोगितामा नेपाललाई हराउँदै इरानले उपाधि जित्यो।  

‘पहिलो हाफमा हाम्रो खेल राम्रो थियो, दोस्रो हाफमा अलिकति नमिलेको जस्तो भयो, त्यहाँ हामीले सम्हालेर खेल्न सकेनौँ,’ हिरा भन्छिन्, ‘जित्ने लक्ष्य लिएर गएका थियौं, हामी सम्हालिन नसक्दा खेलमा पराजित भयौं।’  

नेपालले अब जारी प्रतियोगितामा सोमबार घरेलु टोली भारतको सामना गर्दैछ।

प्रकाशित: ८ कार्तिक २०८२ १०:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App